सामुदायिक लघुवित्तको आईपिओ पर्यो कि परेन ? बिजपाटीमा यसरी हेर्नुस नतिजा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 11:32:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर २ देखि ५ गतेसम्म निष्काशन गरेको आईपिओ आज (मङ्सिर १० गते) बाँडफाँड गरेको छ।  लघुवित्तको सेयर निष्काशक तथा बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको हात्तिसार स्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो। 

बाँडफाँड भएअनुसार योग्य आवेदकबाट गोलाप्रथाबाट सबैले लघुवित्तको १० कित्ता सेयर पाएका छन। कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका छन। यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली भएका छन। आईपिओमा ६ सय ४९ जनाको आवेदन रद्द भएको छ।   

लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारी छुट्टाएर सर्वसाधारणलाई २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। 

कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपिओ निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको,  रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो ।

आईपिओ बाँडफाँडको नतिजा बिजपाटी डटकममा  प्रकाशित भएको छ । बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा सामुदायिक लघुवित्त वित्तीय संस्था छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए Sorry, You have not been alloted on Following Details भनेर देखाउछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved