लकडाउन प्रभाव: पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँडमा बल झिक्ने मान्छे नै भएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 09:37:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले बुधबार बिहान ७:३० बजे आईपिओ बाँडफांड गरेको हो । 

  कम्पनीले चैत्र ४ गतेदेखि ७ गतेसम्म शेयर निष्काशन गरेको थियो । नेपाल सरकारले चैत्र ११ गतेदेखि देशभर लकडाउन गर्यो । यहि कारण आईपिओ बाँडफाँड प्रभावित भयो । कम्पनीले सुरुमा लकडाउन सकिएपछि शेयर बाँडफाँड गरेपनि लकडाउनको अवधि बढेपछि लकडाउन कै बीचमा शेयर बाँडफाँड गरेको हो । 

लगानीकर्ताको पैसा होल्ड नहोस भनेर शेयर लकडाउन कै बेला बाँडफाँड गरेको बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले बताए ।  उनी स्वयंले संचारकर्मीहरुलाई फोन गरेर मास्क लगाएर मात्र बाँडफाँड कार्यक्रममा आउँन आग्रह गरेका थिए  । लकडाउनको कारण बाँडफाँड कार्यक्रममा न्यून सहभागिता थियो ।  कार्यक्रममा समाचार संकलनको लागि आएका २ जना संचारकर्मी, आईपिओ निष्काशन गरेको पुनर्बिमा कम्पनीका २ जना, बिक्रि प्रबन्धक आरबिबि कै ४ जना र बाँडफाँडमा प्रयोग हुने सफ्टवेयर कम्पनीका २ जना प्राविधिक गरी जम्मा १० जना मात्र उपस्थिति थिए । 

 बाँडफाँडको लागि गोलाप्रथा गर्न बल झिक्ने कोहि लगानीकर्ता समेत कार्यक्रममा पुगेनन् । सामान्यतया शेयरमा आवेदन दिएका मध्ये कोहि एक लगानीकर्तालाई बल झिक्न लगाईन्छ । तर लगानीकर्ता नै उपस्थित नभएपछि त्यहाँ उपस्थिति २ मध्ये १ संचारकर्मीले नै बल झिकेका थिए । उनले पनि शेयरमा आवेदन दिएकोले लगानीकर्ता कै हैसियतमा बल झिकेका हुन् । 

ईपिओमा कुल  ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८  योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । जस अनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् ।  २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् । 

त्यस्तै ३० कित्ताको लागि आवेदन दिने १२ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर पाएका छन् । 

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनामध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन्  । 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि यस अघि नै बाँडफाँट गरिसकिएको छ ।  बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुँदैछ । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved