एनआरएन इन्फास्टट्रक्चरको आईपिओमा शनिवारसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2020 | 03:09:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा शनिवारसम्म १ लाख बढी आवेदकले आवेदन दिएका छन् । शनिवार बेलुका ५ बजेसम्ममा १ लाख ४ हजार ४ सय ५८ आवेदकले ४३ लाख ३७ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको छ ।  यो कम्पनीले माग गरेको भन्दा बढी आवेदन हो । 

कम्पनीले साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  कम्पनीको आवेदनमा  छिटोमा साउन २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम  ३१ लाख ६० हजार १ सय ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

नेपाल धितोपत्र बोर्डले गत फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

यो पनि : 

एनआरएन इन्फास्ट्रक्चरले कहाँ खर्च गर्छ आईपिओबाट उठेको रकम ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved