समाज लघुवित्तको आईपिओ आज बाँडफाँड नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 03:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज बाँडफाँड नहुने भएको छ   आज प्रि अलोटमेन्ट सकिएको र आईपिओ सोमबार बाँडफाँड हुने सम्भावना रहेको क्यापिटलले जनाएको छ। बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आज शुक्रबार नै शेयर बाँडफाँड गर्ने तयारी गरेको थियो  

शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ  

समाज लघुवित्तले भदौ ४ देखि  ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन्  । 

आईपिओमा  ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved