समाज लघुवित्तको आईपिओ बाँडफाँड आज, ८ हजार ७० जनाले मात्र शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 09:10:13 AM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुने भएको छ  बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरिने जनाएको हो  

शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ  । आईपिओको प्रि अलोटमेन्ट शुक्रबार नै भईसकेको छ  । 

समाज लघुवित्तले भदौ ४ देखि  ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन्  । 

आईपिओमा  ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने छन् । 


हामी हाइड्रो कम्पनी होइनौ, यस अघि नै लाभांश दिइसकेकोले पनि आईपिओमा प्रतिफल सुनिश्चित छ


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved