यसरी बाँडफाँड भयो लिबर्टी ईनर्जीको आईपिओ, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 12:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार मध्यान्ह शेयर बाँडफाँड गरेको हो ।  

शेयरको बाँडफाँड मोडल अनुसार १० देखि ३० कित्तासम्म आवेदन दिने सबैले माग गरिए बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ४० देखि १५ हजार कित्तासम्म को लागि आवेदन दिने समान ३० कित्ता शेयर पाएका छन् । त्यस्तै ४० देखि १५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट २५ हजार ६ सय २० ले थप १० कित्ता शेयर पाएका छन् । 

आईपिओमा कुल १ लाख ८८ हजार ४ सय ९९ जनाले आवेदन दिएकोमा १२६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका १ लाख ८८ हजार १७३ जना योग्य आवेदक लाई शेयर बाँडफाँड गरेको क्यापिटलले जनाएको छ । आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुने छ ।  


कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved