महिला लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 05:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ  । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतामा मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र लघुवित्त संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved