सानिमा जनरल इन्स्योरेन्सको आईपिओ आजदेखि, यस्तो छ कम्पनी रिभ्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 02:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company ले आज असोज २१ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । 

जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।  बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा छिटोमा असोज २५ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  तर कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।   कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनी हाल घाटामा रहेको छ भने आर्थिक ७९/८० बाट मात्र लाभांश दिन सक्ने देखिन्छ । 

हेर्नुस कम्पनी रिभ्यु : 

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ 'रिभ्यु': हाईप्रोफाइल प्रमोटर, ३ वर्षपछि मात्र लाभांश

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved