प्रभु लाईफले पायो आईपीओ निष्कासनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 03:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ (साधारण सेयर) निष्कासनको अनुमति पाएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले प्रकाशित गरेको सूचना अनुसार १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपीओ जारी गर्न कम्पनीले अनुमति पाएको हो । 

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । यसै महिना आईपीओ जारी गर्ने तयारी थालिएको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved