प्रभु लाईफ इन्स्योरेन्सले मङ्सिर २९ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 08:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स Prabhu Life Insurance Company  ले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम  ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved