निफ्राको आईपिओमा पहिलो दिनमै झन्डै ४ करोड कित्ताको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 04:57:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा'ले आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमै उल्लेख्य आबेदन परेको छ। पहिलो दिन दिनको ४ बजेर ४० मिनेट जाँदा निफ्रा को आइपीओ मा २ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएको जनाईएको छ। 

पहिलो दिनको दिउँसो ४ बजेर ४० मिनेट जाँदासम्म २ लाख ८५ हजार ३ सय १८ जना आवेदकबाट ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताको लागि आबेदन परेको छ। 

पहिलो दिनमा निफ्राको आइपीओमा परेको माग कुल निष्काशनको झन्डै आधा हो। बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved