चैतभित्र आईपीओ निष्काशन गरिसक्ने सर्वोत्तम सिमेन्टको लक्ष्य, सर्वसाधारणलाई कति कित्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 04:42:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरतबाबु दाहालले जानकारी दिएका छन् ।

३ अर्ब ४० करोड रुपैयाँ चूक्ता पूँजि भएको कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया सुरु गरेको छ ।

‘६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ’ सीईओ दाहाले बिजपाटीसँग भने, ‘यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ ।’

उनका अनुसार चैत्रको पहिलो हप्ता भित्र आईपीओ निष्काशन गरिसक्ने कम्पनीको तयारी छ । साधारणसभाले बिक्रि प्रबन्धक नियुक्तिको जिम्मा सञ्चालक समितिलाई दिएको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजि ४ अर्ब रुपैयाँ पुग्नेछ ।

यसैबीच सर्वोत्तम सिमेन्टले जस्तै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि बुक विल्डिङ विधिबाटै आईपीओ जारी गर्दैछ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त पनि गरिसकेको छ । 

प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको कम्पनीले स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई गरि कुल २ करोड कित्ता शेयर निष्काशन गर्नेछ । दाङ जिल्लामा अवस्थित यो कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved