सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सोमबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 06:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रोको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको साधारण सेयर सोमबार बाँडफाँड हुने जनाएको छ । 

कम्पनीले माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १०० अंकित दरका १४ लाख ५० हजार कित्ता साधारण सेयर खुला गरेको थियो । 

मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वमा सोमबार दिउँसो ३ः ३० बजे सेयर बाँडफाँड हुनेछ । कम्पनीले निष्काशन गरेको आईपिओमा २०।३७ प्रतिशत बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा  १९ हजार १ सय ९८ जना आवेदकहरुबाट  १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन परेको छ । यस आईपिओमा दोलखाको कालिन्चोक र बिगु गाउपालिकाका स्थानीय बासिन्दाहरुले आवेदन दिएका थिए ।

बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  कम्पनीले सर्बसाधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  ।  

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved