सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य किन ७५० ? कम्पनीले दियो १५ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 04:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डमा प्रक्रिया थाल्ने तयारीमा रहेको सिमेन्टको आईपीओको मूल्य ७५० रुपैयाँ रहने भनिएको छ । 

यो मूल्य महँगो भएको भन्दै केहीले आलोचना पनि गर्दै आएका छन् । तर, ७५० रुपैयाँ सर्वसधारणका लागि नभई संस्थागत लगानीकर्ताका लागि मात्रै भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले संस्थागत लगानीकर्ताको तुलनामा १० प्रतिशत सस्तो अर्थात् ६७५ रुपैयाँमा आईपीओ किन्न सक्नेछन् । 

हेर्नुस कम्पनीले दिएका कारण  ?

१) कम्पनिको दैनिक  क्लिकंर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पूँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने ।

२) कंम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु ग्रेपछि नै नाफा कमाउदै आएको र  विगत ३ वर्षको औषत मुनाफा (कर पछिको) वार्षिक रु. १०४ करोड भन्दा वढी भएको ।

३) विगत तीन वर्षको औषत EPS रु. ५२ रहेको र आगामी तीन वर्षको औषत EPS रु. ४५ भन्दा वढी प्रक्षेपित गरिएकाले ।

४) कम्पनीको Reserve २०७७ माघ मसान्त सम्म रु. २३१ करोड भन्दा वढी रहेको ।

५) हाल  कम्पनीको  सम्पति  (Fair Market Value Or Replacement Value)  रु. २००० करोड रहेको ।

६) आगामी ३ वर्षसम्म आयकरमा ५०% छुट पाउने भएकाले वढी प्रतिफल दिनसक्ने ।

७) IPO  बाट  प्राप्त  रकममध्ये  ४०%  ले  ऋण भूक्तानी गरी  शत प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले ।

८) IPO जारी पश्चात पहिलो ३ महिना भित्रै १०% वोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयरको आम्दानी तत्कालै हुने ।

९) सेयर धनिले तिरेको रु ६५० प्रिमियमको १५% ले हुन आउने प्रतिसेयर रु ९७.५० कम्पनिको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने संभावना रहेको ।

१०) ICRA बाट IPO रेटिङ्ग BBB+ पाएकोले कम्पनि लगानी कर्ताको लागि औषतभन्दा बढी राम्रो रहेको । साथै ICRA रेटिङ्ग अनुसार कम्पनिको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्यँेग भन्दा कम रहेकोले कम्पनिले बढी प्रतिफल दिन सक्ने ।

११) संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएकोमा सर्वसाधारणले ७५० मा  १०% घटाई अर्थात ७५०–७५ रु ६७५ मा सेयर पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।

१२) कम्पनिले आफ्नो हाल सम्मको रिजर्भबाट १०% वोनस सेयर र २५% नगदा लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५–१०० बराबर ५७५ मात्र पर्न जाने ।

१३) २५ बर्ष भन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेका अनुभवी सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले, संचालन लगात न्यून रहेकाले

१४) डेनमार्कवाट आयातित अत्याधुनिक VRM प्रविधिवाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३०% वचत हुने तथा कोइला खपतमा २०% सम्म वचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने 

१५) कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले उत्पादन क्षमता वढाउदै लैजान सजिलो रहेको ।

यसअघिः

चैतभित्र आईपीओ निष्काशन गरिसक्ने सर्वोत्तम सिमेन्टको लक्ष्य, सर्वसाधारणलाई कति कित्ता ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved