१२ लाखले भरे ज्योति लाइफको आईपीओ, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 05:14:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा हालसम्म ११ लाख ९८ हजार ८ सय ३५ आवेदकले २ करोड ६४ लाख ३३ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । आइतबार साँझ ५:४० बजेसम्म कम्पनीको आईपीओमा २ अर्ब ६४ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो ।

ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । 

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।   लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved