रुरु हाइड्रो को आईपिओमा अन्तिमदिनसम्म ६२ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 05:42:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओमा उल्लेख्य आबेदन परेको छ। आइपीओ भर्ने अन्तिम दिन अर्थात आज ५ बजेर १५ मिनेटसम्म रुरु को आइपीओमा झन्डै १७ लाखले आबेदन दिएको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

क्यापिटलकाअनुसार बेलुका ५ बजेर १५ मिनेटसम्म रुरुको आइपीओमा १६ लाख ६९ हजार ५६६ आवेदकबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आबेदन परेको छ। तर यो नै अन्तिम तथ्यांक नभएको क्यापिटलले स्पष्ट पारेको छ। 

तेस्रो दिनसम्म कम्पनीको आईपिओमा ४९ गुणाको आवेदन परेको थियो।  सोमबार साँझ ५ बजेर २० मिनेटसम्ममा कम्पनीको आईपिओमा १३ लाख ८ हजार ९ सय ८५ जना आवेदकबाट १ करोड ८७ लाख ६५ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ ।  यो माग भन्दा ४९।४९ गुणा बढी हो ।  

रुरु हाइड्रो रिभ्यु: प्रिमियम मुल्यमा आईपिओ, पछिल्लो ३ बर्षदेखि निरन्तर फाइदामा

कम्पनीले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। जसअनुसार कम्पनीको आइपीओंमा आबेदन भर्ने आज चैत्र २४ गते अन्तिम दिन हो। कम्पनी प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गरेको हो ।  ्

कम्पनीले  ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणकोलागी बिक्रि खुला गरेको हो। जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो। 

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पना गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved