७७ सालमा १९ वटा कम्पनीद्वारा १३ अर्ब बढीको आईपिओ निष्काशन, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 10:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ सालभर विभिन्न १९ वटा कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरेका छन् । यी कम्पनीहरुले कुल १३ करोड १९ लाख ९१ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेका हुन् । जुन १३ अर्ब २० करोड ७३ लाख ४५ हजार १ सय २० रुपैयाँ बराबर हो । कुनै एक वर्षमा निष्काशन यति धेरै रकमको आईपीओ निष्काशन भएको यो नै पहिलो पटक हो  

७७ सालमा हाल सम्म कै ठूलो आईपिओ पनि निष्काशन भयो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको ८० करोड कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै ७७ सालमा रुरु हाइड्रोले प्रिमियममा आईपिओ निष्काशन गर्यो । कम्पनीले सर्वसाधारणको लागि ४ लाख ७ हजार ७ सय ६ कित्ता शेयर प्रिमियममा निष्काशन गरेको हो । कम्पनी अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थपेर १२०  रुपैयाँमा आईपिओ निष्काशन गरेको हो । 

७७ सालको पहिलो आईपिओ एनआईसी एसिया लघुवित्तले निष्काशन गरेको थियो । कम्पनीले ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार बराबरको आईपिओ निष्काशन गरेको हो । लघुवित्त कम्पनीले हालसम्म निष्काशन गरेको मध्ये यो नै ठूलो आईपिओ हो 

७७ सालको सुरुवातदेखि आईपिओ निष्काशन गर्नेमा क्रमश, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्त, अजोड इन्स्योरेन्स, एनआएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, रिलायन्स लाईफ इन्स्योरेन्स, समाज लघुवित्त, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स , युनाईटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रकचर बैंक ,  चन्द्रागिरी हिल्स, ग्रिनलाइफ हाइड्रो, महिला लघुवित्त , ज्योति लाइफ इन्स्योरेन्स, सिंगटी हाइड्रो र रुरु जलविद्युत परियोजना कम्पनी रहेका छन् 

माथि उल्लेखित तथ्यांकमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन भएको आईपिओ समावेश भएको छैन । ७७ सालमा ६ वटा कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेका थिए । लिबर्टी इनर्जी, माउन्टेन इनर्जी, युनाईटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावर, चन्द्रागिरी हिल्स, सिंगटी हाइड्रो र  रुरु जलविद्युत परियोजना कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेका थिए  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved