रुरु हाइड्रोको आईपीओ बाँडफाँड शुक्रबार, १६ लाख ३२ हजार आवेदकले सेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 02:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड बुने भएको छ । बिक्रि प्रवन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार बिहान ८ः३० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आइपीओमा १६ लाख ६९ हजार ५६६ आवेदकबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ६२ गुणा बढी हो ।  

कम्पनीले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा शेयर बिक्रि गरेको हो । 

कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणको लागी बिक्रि खुला गरेको थियो । जसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो। 

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ । 

करि १६ लाख ३२ हजार आवेदकले कम्पनीको आईपीओ नपाउने देखिएको छ । यद्यपी बिक्रि प्रवन्धकले अहिले नै ‘भ्यालिड आवेदक’ को संख्या सार्वजिनक गर्न अस्वीकार गरेकाले यो संख्याका केही तलमाथि हुन सक्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved