रुरु हाईड्रोको आईपीओ बाँडफाँड, ९२ हजार बढीको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 08:58:55 AM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रवन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ । 

रित पूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ आवेदकबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन परेको थियो । यो मध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत पाएका छन् । बाँकी रहेको ७ कित्ता बाँडफाँडका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका छन् ।

रित पूर्वक आवेदन दिएका मध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ । 

कम्पनीले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा शेयर बिक्रि गरेको हो । 

कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणको लागी बिक्रि खुला गरेको थियो । जसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो ।

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved