आइएमई पे बाटै मध्य भोटेकोशीको आईपिओ भर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 06:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने उल्लेख गरे ।

आइएमई पे प्रयोग गर्न सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्ने त्यसपछि नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत व्यक्तिगत विवरण  (केवासी) त्यो एपमा दर्ता गर्नुपर्दछ ।  त्यसपछि एपको गृहपृष्ठमा  प्रवेश गरी त्यहाँ ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्ने र त्यसलाई एकपटक रूजु गरी आफ्नो पीन कोड हाल्नु पर्छ । 

यसरी आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सकिनेछ । यसरी आइपीओ भर्दा कुनै अतिरिक्त सेवा शूल्क नलाग्ने कम्पनीले जनाएको छ। 

मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपिओमा न्युनतम १० कित्ता र अधिकत्तम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved