सिन्धुपाल्चोकमा निषेधाज्ञा भएपछि मध्य भोटेकोशीको आईपिओ स्थगन हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 12:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई निष्काशन गरेको आईपिओ तत्कालको लागि स्थगित हुने भएको छ । सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा लागु भएपछि हालको लागि आईपिओ निष्काशन प्रक्रिया स्थगित गर्ने तयारी भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ

क्यापिटलका अनुसार कम्पनीले जिल्लामा निषेधाज्ञा भएकोले आईपिओ स्थगित गर्नको लागि पत्राचार गरेको छ । अब नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आईपिओ स्थगनको सूचना प्रकाशन हुने क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डसंगको छलफलपछि यसबारेको औपचारिक सूचना प्रकाशन हुने छ 

सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि आज वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाएको छ । जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकको निर्णयानुसार आज बिहीबारदेखि निषेधाज्ञा लगाईएको हो । यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई बन्द गरिएको छ । ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । 

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.)बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

आईपिओमा २ दिनको अवधिमा  ५  करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आईपिओमा ३ हजार ३ सय ६९ जना आवेदकबाट ५ लाख ८८ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको हो  । क्यापिटलले ईसेवा, आईएमइ पे र आफ्नै वेबसाइटबाट समेत अनलाइनको माध्यमबाट आवेदन दिन सक्ने ब्यबस्था मिलाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved