सिइडिबी हाइड्रोको आईपिओ बाँडफाँड, ४ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 11:44:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् ।  २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका छन्  । 

 कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन् । कम्पनीको आईपिओमा १४ लाख ५५ हजार बढी आवेदन हात खाली भएका छन् । 

आईपिओको नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/, मेरोशेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । 

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।

कम्पनीले  कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved