१ लघुवित्त सहित २ कम्पनीले मागे आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 04:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मानुषी लघुवित्त र दोर्दीखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

मानुषी लघुवित्तले बैशाख १३ गते आवेदन दिएको हो भने दोर्दीखोलाले बैशाख २१ गते आवेदन दिएको हो । मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

बोर्डबाट अनुमति पाएपछि दुवै कम्पनीले आईपिओ निष्काशन गर्ने छन् । मानुषी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । यो राष्ट्रिय स्तरको लघुवित्त हो ।

दोर्दीखोलाले भने लमजुङमा १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा लमजुङ इलेक्ट्रीसिटी डेभलपमेन्ट कम्पनीको ८४.९५ प्रतिशत लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved