मैलुङ खोलाको आईपीओमा आजसम्म कति पर्यो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 06:21:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आजसम्म साढे ११ लाख बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा शुक्रबार साँझ सम्ममा ११ लाख ५८ हजार ५ सय ८५ जना आवेदकबाट १ करोड ६० लाख ५७ हजार ३ सय ४० कित्ताको लागि आवेदन परेको हो । 

आजसम्म १ अर्ब ६० करोड ६७ लाख ३४ हजार बराबरको आवेदन परिसकेको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  यस निष्काशनमा साउन १८ गतेसम्म  र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति दिएको हो। कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ  आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । 

कम्पनी २०७१ देखि नै विद्युत उत्पादन थालेपनि कम्पनी बल्ल नाफामा जान लागेको छ । कम्पनीले नाफा कमाएपनि ठूलो रकम जरिवाना तिर्नु परेको कारणले कम्पनीको संचिति घाटा ठूलो छ । आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को लेखापरीक्षण गरिएको विवरण अनुसार कम्पनीको घाटा क्रमश ७ करोड १६ लाख, ६ अक्रोद ४७ लाख र १ करोड २० लाख रहेको थियो । २०७७ चैत्र मसान्तको लेखापरिक्षकबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण  अनुसार कम्पनीको नाफा ८७ लाख ९६ हजार रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved