ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 06:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।

प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बिक्रि प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved