जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 05:45:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिन नै ५ लाख ८० हजार बढीले आवेदन दिएका छन् । आज शुक्रबारदेखि खुलेको कम्पनीका आईपीओमा आज साँझ ५ बजेसम्म ५ लाख ८१ हजार ४९८ जनाले आवेदन दिएका हुन् । 

सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार पहिलो दिन ५ लाख ८१ हजार ४९८ जना आवेदकले ७२ लाख ६५ हजार ४६० कित्ताका लागि ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । 

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सकिने छ । 

तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७९० जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved