सिक्लेस हाइड्रोको आइपीओमा आज अन्तिम दिनसम्म कति पर्यो आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 08:18:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा १६ गुणा भन्दा  बढीको आबेदन परेको छ। भदौ २९ गतेदेखि निष्काशन भएको सिक्लेस हाइड्रोपावरको आइपीओमा निष्काशनको पाचौं दिन अर्थात आज अन्तिम दिनमा झन्डै १६ गुणा बढीले आबेदन परेको हो। 

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज आइतवार ५ बजे सम्म सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो  ।

जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो  ।

शेयर निष्काशनको लागि  बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ ।   कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved