प्रतिकित्ता ८७ रुपैयाँले भर्न पाउँदा त्रिशूली जलविद्युतको आइपीओमा पहिलो दिनमै डेढ करोडको आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 11:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

 माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आजदेखि निष्काशन गरेको आइपीओ बापत पहिलो दिनमै डेढ करोड भन्दा बढी रकम संकलन गरेको छ।  

जलविद्युतको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार आइपीओ बापत बाँकीको रकम संकलनको पहिलो दिनमै  ७ हजार ९७५ आवेदकबाट १ करोड ६२ लाख १६ हजार १९१ रुपैयाँ जम्मा भएको छ। जसका लागि १ लाख ८६ हजार ३९३ कित्ताको माग भएको छ। 

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमै प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । 

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ । 

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved