सिक्लेस हाइड्रो लिमिटेडको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 06:04:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ ११ गते मंगलवार  बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे शेयर बाँडफाँड गर्ने तयार गरेको हो 

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपिओ आइपीओ प्रि-अलोटमेन्ट असोज ७ गते शुक्रवार हुने भएको छ ।

उक्त आइपीओमा  झन्डै १६ गुणा बढीले आबेदन परेको छ। 

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो । 

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो  ।जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो  ।

शेयर निष्काशनको लागि  बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ ।   कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved