वैदेशिक रोजगारीमा गएकाहरुलाई रिपब्लिक मिडियाको आईपीओमा आवेदन खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 09:18:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडियाले आजखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको छ । 

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत बराबरको १ सय रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरु र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३ सय कित्ता सेयरको आजबाट बिक्री खुला गरेको छ ।

कम्पनीको बाँकी रहको ३५ लाख २५ हजार ४३० कित्ता साधारण सेयरमा सर्वसाधारण लगानीकर्ताले जेठ २६ गतेदेखि आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा बैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतमम ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा आज बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । रिपब्लिक मिडिया सञ्चार माध्यमहरुको तर्फबाट सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved