सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 02:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भएको तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड भएको छ ।

बैशाख ६ देखि २० गतेसम्म निष्काशन गरिएकोमा उक्त फण्ड आज बाँडफाँड भएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा ७५ करोड आवेदन परेको बताइएको छ ।

यसको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

क्यापिटलले  फण्ड निष्काशन कार्यमा आवेदन भरि सहयोग गर्ने लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा अन्य नियमन निकायहरु प्रति धन्यवाद व्यक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved