अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा पहिलो दिन नै माग भन्दा दोब्बरको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 08:55:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अप्पर स्याङ्गे हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको आज पहिलो दिन नै झन्डै दोब्बरको आवेदन परेको छ । कम्पनीले आज जेठ १ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि प्रिमियममा आईपिओ निष्काशन गरेको हो।

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज सोमबार बेलुका ५ बजे सम्म अप्पर स्याङ्गे हाइड्रोपावरमा विदेशमा रहेका नेपाली नागरिकबाट १ लाख १३ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको छ। जुन मागको झन्डै २०० प्रतिशत आवेदन हो । उक्त अईपियोमा हालसम्म ५ हजार २३ जनाको आवेदन परेको हो  ।

कम्पनीले २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावितलाई निष्काशन गरेको हो ।  त्यस्तै कम्पनीले ६५ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको छ। 

आयोजना  प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा जेठ १६ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने जेठ १६ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । 

 कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved