सिटी होटेलको आईपीओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 07:28:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको बाँडफाँड शुक्रबार हुने भएको छ ।

सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार जेठ ५ गते शुक्रबार बिहान ८ः३० बजे ह्यात प्लेसमा कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो । 

कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको छ ।

कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौँमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved