कुथेली हाइड्रोको आइपीओ जेठ १९ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 09:26:24 AM मा प्रकाशित

laxmi  sunrise bank

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओ जेठ १९ गतेदेखि खुल्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरका १ सय रुपैयाँ अंकित दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता साधारण श्रम स्वीकृती लिई विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले असार १ गतेसम्म आवेदन दिन पाउने छन् । 

असार १ सम्म सेयर बिक्री नभएमा असार १७ गतेसम्म म्याद थप हुनेछ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १ गतेभित्र आवेदन दिइ सक्नुपर्नेछ । उनीहरुको हकमा म्याद थप हुने छैन । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा तथा सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर नामक सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved