फोनपेले आइपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 09:20:47 AM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मचेन्ट सम्बन्धि पूर्व तयारी गर्न एनएमबि क्यापिटलसँग सम्झौता गरेको छ।

सम्झौता पछि अब एनएमबि क्यापिटलले फोनपेलाई आइपीओ जारी गर्ने सम्बन्धमा परामर्श दिनेछ । पूर्व तयारीको काम सकिएपछि फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ । 

फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । सन् २०१९ बाट सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन्।  १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरु आवद्ध रहेको फोनपेले जनाएको छ । फोनपेमार्फत दैनिक ७ भन्दा बढीको नगदरहित कारोबार हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved