यी ५० बढी कम्पनीले निष्काशन गर्दैछन् अर्बौँकाे आईपीओ (विवरणसहित)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

May 27, 2023 | 11:40:10 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

अङ्कित मूल्य एक सय रूपैयाँमै पाइने आईपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। 

डिम्याट खाता खोल्नेहरू पनि बढिरहेका छन्। डिम्याट खाता खोल्नेको सङ्ख्या जेठ १२ गतेसम्म ५६ लाख ८० हजार १ सय ८८ पुगेको छ। जसमा ४७ लाख बढीले मेरो शेयरमार्फत आईपीओमा आवेदन दिने गर्दछ ।

अहिले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि १३ कम्पनी पाइपलाइनमा छन्। साथै आईपीओ निष्काशन गर्नको लागि तयारीमा ७० भन्दा बढी कम्पनीहरु रहेका छन् । 

आईपीओ निष्काशनपछि कम्पनीहरु दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत हुने गर्दछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत हुने कम्पनीको सङ्ख्या २२३ पुगेको छ ।

धितोपत्र बोर्डले सम्पूर्ण प्रक्रिया पुरा गरेपछि मात्रै निष्कासनको स्वीकृति दिन्छ। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आईपीओ निष्काशन हुनेगर्छ भने कुनै कम्पनीको त्यो भन्दा बढी समय पनि लाग्ने गर्दछ ।   

कुन कुन कम्पनीको आईपीओ आउँदै छ ?

१. आईएमई  लिमिटेड

आईएमई  लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

२. माबिलुङ्गग इनर्जी लिमिटेड

माबिलुङ्गग इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अङ्कित दरका १८ करोड ९० लाख ५४ हजार बराबरको १८ लाख ९० हजार ५ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो। 

३. आरकेडी होल्डिङ्स कम्पनी लिमिटेड

स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

४. ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड

ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

५. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड

प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ९८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

६.बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले प्रतिशेयर अङ्कित मूल्य रु १००  दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

७. सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरको अङ्कित मूल्य १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २९० रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ सङ्कलन गर्नेछ ।

८. सालपा विकास बैंक

चुक्ता पुँजी ३५ करोड भएसँगै सालपा विकास बैंकले १५ करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको हो। सर्बसाधारणलाई १५ करोडको आईपीओ बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ५० करोड पुग्ने छ । राष्ट्र बैंकको नियम अनुसार एक जिल्ले कार्यकक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेहुन्छ ।

९. सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड

यो कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभवित स्थानीय र कर्मचारीलाई १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँमा शेयर निष्काशनको अनुमति माग गरेको हो । त्यस्तै कम्पनीले सर्वसाधारणलाई १४९.८४ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २४९.८४ रुपैयाँमा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।

१०. घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड

कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई निष्काशन हुने शेयरको मूल्य प्रतिकित्ता प्रिमियमसहित ४०० र सर्वसाधारणलाई निष्काशन हुने शेयरको मूल्य प्रतिकित्ता प्रिमियमसहित ४३५ रुपैयाँ कायम गरेको छ । 

११. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले अङ्कित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नका लागि अनुमति माग गरेको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ  । 

१२.सन नेपाल लाइफ इन्स्योरेन्स 

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले ९६ लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्दा २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ सङ्कलन गर्ने छ । 

१३.आईएमई लाइफ इन्स्योरेन्स 

कम्पनीले शेयरको अङ्कित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २७६ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ सङ्कलन गर्ने छ । 

१४. भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

कम्पनीले अङ्कित मूल्य १०० मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

१५. माण्डु हाइड्रोपावर लिमिटेड

यस कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका शेयरमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २४८ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले ४० करोड ५८ हजार १९ हजार ७ सय ६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

१६. कालिञ्चोक हाईड्रोपावर लिमिटेड

कम्पनीले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले दोलखा जिल्लाको विगु गाउँपालिका ८ मा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। 

१७. भिजन लुम्बिनी उर्जा कम्पनी

यस कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

१८. सर्वोत्तम स्टिल 

कम्पनीका अनुसार जारी पूँजीमध्ये १२.६६३ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्नेछ।

१९. माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड

कम्पनीले रसुवा जिल्लाका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अङ्कित दरमा २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । 

२०. पुर्वाञ्चल ल्यूव आयल लिमिटेड

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न लागेको हो। कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२१. मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारण तथा आयोजना प्रभावितको लागि निष्काशन गर्ने भएको हो।

२२. मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।


२३. कृति भेन्चर फण्ड लिमिटेड

कम्पनीलेले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । यस कम्पनीले ६.८२ मेगावाटको अपर स्याङगे हाइड्रोपावर लिमिटेड, ६.८२ मेगावाटको हिडीखोला हाइड्रोपवर लिमिटेड, ५.२ मेगावाटको दोभान खोला हाइड्रोपावर लिमिटेड र क्लिन सिटी भेहिकल सर्भिस कम्पनीमा शेयर लगानी गरेको छ ।

२४.दरम खोला हाइड्रो इनर्जी लिमिटेड

कम्पनीले रु.१०० अङ्कित दरका ३९ करोड ५० लाख बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो।

२५. सोलार फार्म लिमिटेड

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अङ्कित दरको २०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । सोलार फार्म लिमिटेडको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ ।

२६. सुपर हेवापावर कम्पनी प्रालि

कम्पनीले १०० अङ्कित दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

२७. पालुन खोला हाईड्रोपावर कम्पनी

कम्पनीले स्थानियवासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर निष्काशन गर्ने लागेको हो । 

२८. नेपाल वेयरहाउजिङ कम्पनी

कम्पनीले १३ करोड ७५ लाख बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

२९. मेवा डेभलपर्स लिमिटेड

कम्पनीले प्रतिशेयर अङ्कित मूल्य १०० को दरले ९२ करोड ७१ लाख रुपैयाँले हुन आउने ९२ लाख ७१ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

३०. एकर्ड फर्मास्युटिकल्स लिमिटेड

कम्पनीले  प्रतिकित्ता अङ्कित मुल्य १०० दरको ७ लाख ६ हजार ९ सय ९ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नका लागि अनुमति माग गरेको हो।  

३१. सनिगाड हाइड्रो लिमिटेड

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिइ विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारणको लागि १०० अङ्कित दरको ६७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

३२. हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड

एनआईबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिजोर्ट, वीरगञ्ज) बिच साधरण शेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । क्यापिटल र रिसोर्टबीच संस्थागत परामर्श सेवाअन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको हो।

३३. शिखर पावर डेभलपमेन्ट लिमिटेड

यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अङ्कित मुल्य १०० दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।

३४. चिर्खुवा हाइड्रोपावर लिमिटेड

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

३५. अपर लोहोरे हाइड्रो

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरी कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

३६. भुजुङ हाइड्रोपावर लिमिटेड

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अङ्कित दरको ५ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ । 

३७. आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी

आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुमारी क्यापिटलले उपलब्ध गराउने ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत आईपीओ निष्काशन गर्ने भएको हो ।

३८. बरुण इन्भेष्टमेन्ट लिमिटेड

कम्पनीले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषसमेत) लाई छुट्याएको १५ लाख कित्ता सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

३९. सोपान फर्मास्युटिकल्स लिमिटेड

कम्पनीले सर्वसाधारणमा १४ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि सोपानले एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

४०. हिम पर्वत हाईड्रोपावर लिमिटेड

हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता  शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

४१. रिचेत जलविद्युत कम्पनी लिमिटेड

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

४२. म्यूजिक नेपाल लिमिटेड

एनआईसी एशिया क्यापिटल र म्युजिक नेपालबीच ‘आईडीया टू आईपीओ’ सम्बन्धी सम्झौता भएको छ । नेपालको सन्दर्भमा म्यूजिक नेपाल लिमिटेड सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हुनेछ ।

४३. सर्बोत्तम सिमेन्ट

सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्न लागेको हो। सिमेन्टले ४० करोड रुपैयाँ बरारको आइपिओ निष्काशन गर्ने भएको हो ।

अन्य विवरण :





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved