वैदेशिक रोजगारीमा रहेका नेपालीले रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 08:37:06 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल रिपब्लिक मिडिया लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि वैशाख ३१ गतेदेखि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको  हो । त्यस्तै कम्पनीका कर्मचारीलाई १ लाख ७४ हजार १ सय २० कित्ता शेयर, सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता र आम सर्वसाधारणलाई ३५ लाख २५ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले  आज जेठ १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।  कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved