श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 05:08:59 PM मा प्रकाशित

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

सो कार्यका लागि कम्पनीले बिहीबार शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतामा कम्पनीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) आशिष गौचनले हस्ताक्षर गरेका छन्।

जसअनुसार कम्पनीले ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको कुल ६० लाख कित्ता शेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्याएको छ ।

सम्झौतामा  हस्ताक्षरपछि कम्पनीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको योजना सुनाए ।यस्तै, प्रभु क्यापिटल लिमिटेडका सीईओ गौचनले आईपीओ निष्कासनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतापछि कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताएको छ । कम्पनीले गत असार ११ गते बोलाएको विशेष साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरिसकेको  छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved