लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने,एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2024 | 07:33:32 AM मा प्रकाशित

लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ ।

यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा धुर्ब भट्टराईले हस्ताक्षर गरेका छन् ।

एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ । सम्झौता अनुसार एलिटले कम्पनीको पूँँजी वृद्धि, व्यवशाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने छ ।

यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।हाल १३ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ । सो  अवसरमा पूँजी वृद्धि पछि पब्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भट्टराईले जानकारी दिए ।  

रुपन्देहीको तिलोत्तमा १५ स्थित कारखानाबाट कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्य पदार्थ उत्पादन गरिरहेको छ ।    

हालसम्म औषधीजन्य उद्योगहरु  पब्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन् । २ वटा औषधी उद्योगले आईपीओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन् । तर, आयूर्वेद औषधी उद्योगको रुपमा उक्त कम्पनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved