रिद्धिसिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
कम्पनीको गत असार ३ गते बसेको सञ्चालक समितिकौ बैठकले उक्त कार्यका लागि आवश्यक कार्यहरु गर्न आगामी साउन १९ गते विहान ११ बजे कर्पोरेट कार्यालय थापाथलीमा विशेष साधारण सभा बोलाएको हो ।
उक्त सभाले कम्पनीको हालको जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने तथा कम्पनीको प्रारम्भिक सार्वजानिक निष्कासन(आईपीओ) शेयरको प्रतिशत परिवर्तन गर्ने तथा विविध प्रस्ताव पारित गर्ने छ ।
कम्पनीको मकवानपुरको हेटौंडामा सिमेन्ट उद्योग छ । कम्पनीको दैनिक २ हजार ७६० टन क्लिङ्कर र ग्रान्डिङ उत्पादन क्षमता छ । कम्पनीले ओपीसी र पीएससीको सिमेन्ट रिद्धिसिद्धि ब्रान्डमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीमा शंकर ग्रूप र अम्बे ग्रूपको संयुक्त लगानी छ ।यसअघि नै मारुति सिमेन्टर र सौर्य सिमेन्टले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।नेपालमा सञ्चालनमा रहेका सोनापुर मिनरल्स एण्ड आयल तथा सर्वोत्तम सिमेन्टले भने आईपीओ जारी गरिसकेका छन् ।