समताको एफपीओ विक्रिमा, भाग्यमानीले पाउनेछन् सयमै ८५० को शेयर !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2024 | 10:23:06 AM मा प्रकाशित

समता घरेलु लघुवित्तको फ़र्दर पब्लिक अफारिग (एफपीओ) आजदेखि बिक्रि खुला भएको छ। लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ३ लाख ३२ हजार ८५६ कित्ता शेयर एफपीओ मार्फत विक्रिमा ल्याएको हो। 

इच्छुकले समता घरेलुको एफपीओको लागि आज कात्तिक १२ देखि छिटोमा कात्तिक २० गते र ढिलोमा २६ गतेसम्म आबेदन दिन पाउनेछन। इच्छुकले न्युनतम पनि दश कित्ता र बढीमा एक हजार कित्ताको लागि आबेदन दिन पाउनेछन। 

प्रति कित्ता एक सय रुपैयाँमा नै आबेदन दिन पाइने भएकाले माग भन्दा कयौं गुणाले बढीको आबेदन पर्ने निश्चित भएकाले कात्तिक २० गतेसम्म आबेदन खुला रहने प्रबल सम्भावना छ। 

मुक्तिनाथ क्यापिटल यस कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक रहेको छ। समता घरेलुको एफपीओले इकरा नेपालबाट बीबी पाएको छ। यसको अर्थ समता घरेलुको एफपीओमा लगानी मध्यम जोखिम रहेको छ। 

जम्मा ३ लाख ३२ हजार कित्ता मात्रै एफपीओ मार्फत विक्री खुला गरिएकाले बढी भन्दा बढी आबेदन पर्ने देखिन्छ। गोलाप्रथाबाट नै एफपीओ पाउनेको नाम छनौट हुने भएकाले भाग्यमानीले मात्रै एक सय रुपैयाँ हालेर बजारमा ८५० रुपैयाँ आसपासमा खरिद बिक्रि भईरहेको समता घरेलु लघुवित्तको शेयर पाउनेछन। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved