एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव, ५ जना संचालक निर्बाचित

रासस

रासस

Nov 17, 2024 | 10:05:01 AM मा प्रकाशित

laxmi sunrise bank

रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।

कम्पनीको अधिकृत पुँजी  ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।

साधारणसभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 

अन्य कलर उधोग भन्दा पृथक ढँगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्यौअने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको कम्पनीले जनाएको छ। 

एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ । 

स्वदेशी युवाहरु सँगठीत भई सहकारी मोडलमा एभरेष्ट कलर सुरु गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ । 

अन्तराष्ट्रिय गुणस्तर ब्यवस्थापन प्रमाणिकरण प्रमाण पत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्ट कलरले कुशल ब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभाव प्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरीे अन्तराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याव टेस्ट गरी नेपाली बजारमा रंगहरु वितरण गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved