गरिमा म्युचुअल फण्डको 'गरिमा समृद्घि योजना' ले पायो धितोपत्र बोर्डबाट स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2024 | 09:41:21 AM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैंक कोष प्रवर्दक तथा गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्डले “गरिमा समृद्घि योजना” ले नेपाल धितोपत्र  बोर्डबाट सार्वजनिक रुपमा निष्काशन गर्नलाई स्वीकृति पाएको छ।  धितोपत्र बोर्डबाट  “गरिमा समृद्घि योजना” अन्तर्गत एक अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको स्वीकृति यहि मङ्सिर ५ गते पाएको गरिमा क्यापिटलले जनाएको छ। 

गरिमा क्यापिटलकाअनुसार “गरिमा समृद्घि योजना” एक अर्ब रुपैयाँ बराबरको बन्द मुखी योजना हो। यसको अवधि १० वर्षको रहनेछ। क्यापिटलले प्रति इकाई दश रुपैयाँक दरले १० करोड इकाई विक्रिमा ल्याउनेछ। यसको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। 

गरिमा क्यापिटलले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा,  तथा निक्षेप सदस्य सेवा ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved