गार्डियन माइक्रो लाइफले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2024 | 09:53:28 AM मा प्रकाशित

laxmi sunrise bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासनको अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । 

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्मका लागि  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सम्पूर्ण शेयर विक्री नभएमा सर्वसाधारणका लागि विक्री खुला गरिने समेत कम्पनीले जनाएको छ । 

कम्पनीको आईपीओ निष्कासनन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved