राष्ट्रिय कृषि कम्पनीले आइपिओ ल्याउने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 09:54:26 AM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ। यसका लागि  कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

यस सम्बन्धमा पौष २८ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

“माटोदेखि सफलता सम्म” भन्ने नारासहित २०८१ साल बैशाख २७ गते स्थापना भएको कम्पनीले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकरण गर्दै कृषक सशक्तिकरण गर्ने लक्ष्य राखेको छ। कृषिलाई सम्मानजनक पेशामा रूपान्तरण गर्ने उद्देश्यसहित कम्पनीले ई–कमर्स, मार्केटप्लेस, कृषि बजार सञ्चालन, शीतभण्डार, च्याउ र कम्पोस्ट उत्पादन, क्यानिङ उद्योग स्थापना, र कृषि पर्यटनको अवधारणा अघि बढाइरहेको छ।

लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल जनकपुर शाखा सञ्चालनमा ल्याइसकेको छ। निकट भविष्यमा सातै प्रदेशमा १२ शाखा विस्तार गरी कृषक र उपभोक्तालाई प्रभावकारी सेवा दिने योजना रहेको छ। शाखाबाट कृषि उत्पादन बजारीकरण, शीतभण्डारण सेवा, तालिम तथा परामर्श, कृषि उपकरण र मल वितरण लगायत कार्य गरिनेछ।

अधिकृत पूँजी रु. ५० करोड र जारी पूँजी रु. २५ करोड रहेको कम्पनीले निकट भविष्यमा जारी पूँजी ५० करोड पुर्याउने लक्ष्य राखेको छ। हालसम्म कम्पनीमा ७०० भन्दा बढी संस्थापक सदस्य आवद्ध भइसकेका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved