क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने नतिजा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 09:24:46 AM मा प्रकाशित

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको आईपीओ मंगलबार (आज) बाँडफाँट भएको छ । आईपीओ विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुलाएको थियो । जसमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । त्यस्तै १० हजार १२६ जनाको आवेदन रद्द भएको छ ।

लगानीकर्ताले आईपीओको नतिजा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङको  वेबसाइट र कम्पनीको वेबसाइट​बाट पनि नतिजा हेर्न सकिने जनाइएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved