आईपीओ अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड, कसले कति निष्काशन गर्नेछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 05:49:54 PM मा प्रकाशित

आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) विक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन्। स्वीकृति प्राप्त भएमा यी कम्पनीहरूले संयुक्त रूपमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछन्।

आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता शेयर विक्री गर्नका लागि अनुमति मागेको छ। स्वीकृति पाएपछि कम्पनीले ३६ करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्नेछ। यसमा ग्लोबल आइएमई क्यापिटल विक्री प्रबन्धक रहनेछ।

त्यस्तै, मेवा डेभलपर्स लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १ करोड १२ लाख कित्ता शेयर विक्री गर्न बोर्डेसँग अनुमति मागेको छ। स्वीकृति पाएपछि कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ। यसमा हिमालयन क्यापिटल विक्री प्रबन्धक रहनेछ।

यी दुबै कम्पनीहरूले बोर्डबाट अनुमति पाएपछि साधारण लगानीकर्ताहरूलाई आईपीओमा लगानी गर्ने अवसर खुल्नेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved