ओम मेगाश्रीको आईपीओ बाँडफाँट मिति तय, १८ लाखभन्दा बढीको हात खाली हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2025 | 04:47:20 PM मा प्रकाशित

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार आईपीओ मंगलबार बिहान ९ बजे, क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेको छ। कुल १९ लाख ८५ हजार ६६३ जना आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ता शेयरका लागि आवेदन दिएका छन् । जुन मागभन्दा अत्याधिक बढी हो।

कुल १४ लाख ७६ हजार कित्ता सार्वजनिक निष्काशन गरिएकोमा १ लाख ४७ हजार ६०० जना मात्र भाग्यशाली बन्ने छन्। बाँकी १८ लाख ३८ हजार ६३ जना आवेदकको हात भने खाली हुने निश्चित छ।

कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। अत्याधिक मागका कारण शेयर गोलाप्रथाको आधारमा बाँडफाँट गरिनेछ।

बाँडफाँटपछि शेयर प्राप्त हुने वा नहुने जानकारी मेरो शेयर प्रणालीमार्फत हेर्न सकिनेछ। यससँगै बाँडफाँटमा नपरेका लगानीकर्ताहरूको आवेदन रकम फिर्ता प्रक्रिया पनि सुरु गरिनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved