सान्भी इनर्जीले पायो ३७ करोड ९० लाख बराबरको आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 05:42:32 PM मा प्रकाशित

सान्भी इनर्जी लिमिटेड ले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरले ३७ लाख ९० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको हो। यसअनुसार कम्पनीले कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।

यस आईपीओको विक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहनेछ। कम्पनीले पहिले आयोजना प्रभावित स्थानीयवासीलाई प्राथमिकता दिई शेयर निष्काशन गर्नेछ भने त्यसपछि सर्वसाधारणका लागि निष्काशन प्रक्रिया अगाडि बढाइनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved