
पियोर इनर्जी कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।
सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनको अन्तिम म्याद वैशाख २ गते तोकिएको छ। तर यदि सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद वैशाख ११ गतेसम्म लम्बिने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले लिएको छ।
ऊर्जा उत्पादनमा सक्रिय रहेको पियोर इनर्जीले उक्त रकम आन्तरिक आयोजना निर्माण तथा संस्थागत सुदृढीकरणका लागि प्रयोग गर्ने जनाएको छ।